Logo

२५ वैशाख, काठमान्डौं । विदेश भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्इष उपेन्द्र यादव स्वदेश फर्केका छन् ।

पार्टी विभाजन खबरले उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् । उनी आज विहान काठमाडौं आई पुगेका हुन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् ।

अध्यक्ष यादव आएसँगै मंगलबार नै संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ ।


सम्बन्धित समाचार