Logo

२५ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २७ स्थित एक विद्यालयमा ५ थान सिलिङ पंखा वितरण गरेको छ । वडा नं. २७ रामपुर जसौलीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सिलिङ पंखा वितरण गरेको हो ।

उपकार सेवा नेपाल नामक सस्ंथाले शिशु कक्षा देखी ६ कक्षासम्म अध्ययनरत २६६ जना बालबालिकाका लागि पंखा उपलब्ध गराएको हो । बढ्दो गर्मीमा हुने स्वस्थ्य समस्यालाई मध्यनजर गर्दै ५ पाँच थान सिलिङ्ग पंखा उपलब्ध गराएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए ।

विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्य सुमन बगेडियाले विद्यालयका प्रधानाध्यापक रामजित प्रसाद चौहान तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमेश कुमार कुशवाहालाई पंखा हस्तान्तरण गरे ।

सो अवसरमा विद्यालयका शिक्षक÷शिक्षिका, स्थानीय भद्रभलादमी विद्यार्थीहरुको समेतको उपस्थिति रहेको थियोे ।


सम्बन्धित समाचार