Logo

२६ वैशाख, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा, वीरगन्जले आगलागीबाट बच्ने–बचाउने तरिका सहितको पर्चापम्पलेट वितरण गरेको छ ।

विश्व रेडक्रस दिवसको अवसरमा आज रेडक्रस वीरगन्जले उक्त सचेतना मुलक पर्चापम्पलेट वितरण गरेको हो ।

मानविय लापरवाहीका कारण आगलागीका घटना हुने गरेको हुँदा आमसर्वसाधारणलाई सचेत फैलाउन लागिएको नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष विरेन्द्रराज कंडेलले बताए ।

वीरगन्जको मुख्य चोक घण्टाघरमा आउजाउ गर्ने सर्वसाधारणलाई आगलागीका सचेतनामुलक पर्चापम्पलेट दिदै व्यवहारमा लागु गर्न अनुरोध गरिएको छ ।

चैत, वैशाख र जेठ महिनामा बढी आगलागीका घटनाहरु हुने गरेको हुँदा पर्चापम्पलेटमा आगलागी हुने सम्भावना र यसबाट बच्ने उपायहरु उल्लेख छ ।

दिवसकै अवसर आज विहान वीरगन्ज शाखा कार्यलयमै झण्डोतोलन कार्यक्रम समेत गरिएको र रक्तसञ्चार केन्द्र वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्तदान गर्न ईच्छुक भएकाहरु आज दिनको जुनबेलामा पनि केन्द्रमा उपस्थित भई रक्तदान गर्न रेडक्रस पर्साका प्रमुख कंडेलले आग्रह गरे ।

यस्तै दिवुसकै अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई, स्वास्थ्य शिविरको आयोजना गरिने उनले बताए ।

दिवसकै अवसरमा वीरगन्जको नारायणी सेन्ट्रल हस्पिटलले ओपिडी जाँच निशुल्क गरेको छ ।

किन मनाईन्छ रेडक्रस दिवस
रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।

विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।

उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त ग¥यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो ।

नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक ड्यूनान्टको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो ।


सम्बन्धित समाचार