Logo

फाइल फोटो

२६ वैशाख,वीरगञ्ज । अत्याधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जना रौतहटबाट पक्राउ परेका छन् । राजदेवी नगरपालिका वडा नं.९ ब्रह्मपुरी टोलका ४५ वर्षीय नितेश सिंह पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरिक्षक डिएसपी एलिजा गिरीका अनुसार सिंहले मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएका थिए । आगो तत्कालै स्थानीय र प्रहरी टोलीले निभाएका थिए ।

आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना रहेको प्रहरीले जनाएको छ ।

आगो लगाउने सिंहलाई उनकै घरबाट पक्राउ गरी आपराधिक उपद्रो शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार