Logo

२७ बैशाख, वीरगन्ज । बहुराष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले वीरगञ्जमा सञ्चालनमा ल्याएको नयाँ सेन्टरको उदघाटन गरिएको छ ।

वीरगन्जको घण्टाघरदेखि पूर्व वीरगन्ज सामुदायिक अस्पताल र शिवा अस्पतालको गल्लीमा खोलिएको एनसेल सेन्टरको कम्पनीका चिफ अफ स्टाफ स्टोफेन रोड्रिगेजले रिवन काटेर आज उदघाटन गरे ।

उदघाटनपछि बोल्दै अपरेशन चिफ स्टाफ रोड्रिगेजले ग्राहक सेवालाई प्रमुख प्राथामिकतामा राखेर कम्पनी सेवा प्रदान गरिरहेको बताए ।

उनले गुणस्तरीय सेवा प्रदान गरेर समुदायप्रति विश्वसनीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कष्टमर एक्सपेरियन्स मेनेजर ज्योती दाहालले एनसेल कम्पनीको सेवाले ग्राहकहरुको पनि मन जितेकोले यसलाई समुदायस्तरमा अझ विश्वसनीय बनाउन सेन्टर मार्फत सेवा उपलब्ध गराईएको बताईन् ।


सम्बन्धित समाचार