Logo

२७ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा टोलस्थित एक घरमा आगलागी भएको छ । स्थानीय मोहन साह कानुको घरमा आज बिहान आगलागी भएको हो । आगलागीका कारण टिनको छानाको घर जलेर पूर्णरुपले नष्ट भएको छ । यस्तै घरभित्र रहेका सम्पूर्ण सामानहरु समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारणबारे खुल्न बाँकी छ । क्षती विवरणबारे संकलन भइरहेको जनाइएको छ । आगो स्थानीय, नेपाल प्रहरी र वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्रको मद्दतले निभाइएको थियो ।
स्थानीयका अनुसार साह उक्त घरमा भाँडामा लिएर बस्दै आएका थिए ।


सम्बन्धित समाचार