Logo

२७ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्डको हत्या भएको हो ।
५५ वर्षीय पर्शुराम फुँयालको बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीलाई खबर आएको थियो । सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको उनले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोलीलाई बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।
मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा रहेका प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार