Logo

२८ वैशाख, काठमाडौं । काठमाडौंबाट हुन्डीको ९८ लाख रकम सहित बुटवलका दुई जना पुरुष पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको हो । दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा प्रहरीले सोधपुछ गरेको थियो ।

रकमको स्रोत खुलाउन नसकेका उनीहरुलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु दुवै जनाको घर बुटवल भएको र सुन कारोबारमा पनि उनीहरुको संलग्न छ ।

उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनाबारे सुक्ष्म अनुसन्धान गरेर पछि पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।


सम्बन्धित समाचार