Logo

२८ बैशख, कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा दुई यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिकावडा नं–३ कुरिनटारस्थित पृथ्वीराजमार्गमा काठमाडौँबाट बुटवलतर्फ आइरहेको लु २ ख ४१९९ नम्बरको बस र दाङबाट काठमाडौँतर्फ गइरहेको ना ६ ख ३५६७ नम्बरको बस एकापसमा ठक्कर खाएको हो ।

ठक्करबाट लु २ ख ४१९९ नम्बरको बसमा सवार १३ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये आठ जनाको स्थानीय मेडिकल मुग्लिनमा र पाँच जनाको उपचारका लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार