Logo

२८ वैशाख,वीरगञ्ज । सेकेण्डरी एजुकेशन एक्जामीनेशन (एसईई) दिएका विद्यार्थीहरुलाई सकारात्मक सोच र प्रतिकुलतालाई अनुकूलतामा वदल्ने जीवन उपयोगी सीप सिकाउने उद्देश्यले डिजाईन योर फ्युचर (तपाइँको भविष्यलाई संरचित गर्नुहोस) नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रशंनीय खोज पद्धति तथा सकारात्मक रुपान्तरणको क्षेत्रमा विगत १२ वर्ष देखि उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आयोजना गर्न लागेको हो । यो कार्यक्रम काठमाण्डौमा ज्येष्ठको २० गतेदेखि २७ गते सम्म सञ्चालन हुनेछ ।

विद्यालयको अध्ययन पश्चात उच्च माध्यामिक शिक्षामा प्रवेश गर्दा विद्यार्थीहरुले धेरै प्रकारका नयाँ परिस्थितिहरु र परिवेशको सामना गर्नु पर्ने भएकोले विद्यार्थीहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागिएको इरिप्सका अध्यक्ष आरसी लामिछानेले बताए ।

उच्च माध्यामिक शिक्षाको अवधिमा नै उनीहरुले आफनो विश्व परिदृश्य पनि निर्माण गर्नु पर्ने हुन्छ । एकातिर नियमित अध्ययन र अर्कोतिर भविष्यलाई कसरी निर्देशित गर्ने, सुन्दर र सफल जीवन निर्माण गर्न कस्ता सपनाहरु देख्ने र ती सपनाहरुलाई वास्तविक जीवनमा कसरी रुपान्तरण गर्ने ? ती सपनाहरुलाई वास्तविकतामा प्राप्त गर्न के कसरी लक्ष्यहरु निर्धारण गर्ने ? सपना साकार पार्ने सन्दर्भमा आउने बाधा अडचन र प्रतिकुलतालाई सामना गरेर कसरी अनुकूलतामा परिवर्तन गर्ने आदी सीपहरु यस तालिममा सहभागी विद्यार्थीहरुलाई सिकाईनले लामिछानेको भनाई छ ।

यस तालिमले विषय वस्तुको अध्ययनमा उच्च दक्षता प्रर्दशन गरेका अब्बल विद्यार्थीहरुको लागि जीवन उपयोगी सीप, प्रशंसनीय खोज विधि र सकारात्मक सोचको समिश्रणले उनीहरुलाई नयाँ जीवनको लागि सही सपना देख्न र उक्त सपनालाई वास्तविकतामा रुपान्तरण गरेर सफल जीवन बनाउने आधारशिला तयार गर्ने दावी छ । पढाईमा उत्कृष्ट हुँदाहुँदै पनि जीवनमा आईपर्ने साना वा ठूला समस्या वा अवरोधलाई सम्वोधन गर्न नसक्दा बर्सेनि हजारौ विद्यार्थीहरुले आफनो गन्तव्य गुमाउने गर्दछन जसकारण विद्यार्थी स्वयम् र परिवारमा समेत नकारात्मक असर पर्न गएकोछ भने जीवनको मार्गनै अन्तै मोडिएको छ ।

जीवनमा आईपर्ने जस्तासुकै समस्या वा परिस्थितीमा पनि उच्च र सकारात्मक मनोवलका साथ कसरी आफनो सपना र लक्ष्यमा दृढ रहने र सफलता प्राप्त गर्ने भन्ने वारेमा यस तालिममा सहभागी विद्यार्थीहरुलाई सिकाएर दक्ष बनाईन्छ । जीवनसँग सम्वन्धित अनुभवहरु, सिकाईहरु, प्रसंनीय खोज, अन्तरक्रियात्मक छलफल तथा कार्यशाला, विज्ञ परामर्श आदी तरिकाहरुको प्रयोग गरेर एकदम रमाइलो, उत्साहजनक र सहभागीतामुलक पद्धतिमा यो तालिम सञ्चालन गरिने जनाएको छ । एक हप्ता सम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीहरुले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न अभ्यास गराएर विद्यार्थीहरुलाई पोख्त वनाइने पनि संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार