Logo

३० वैशाख, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।

धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।

धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार