Logo

७ जेठ, वीरगञ्ज । भारतिय प्रहरीले रक्सौलको एक घरमा छापामारी गर्दा ९४ लाख रुपैया बरामद भएको छ । भारतको लोकसभाको निर्वाचनमा पैसा बाँडेर भोट किन्नका लागी रकम भण्डारण गरिएको सुचनाको आधारमा प्रहरीले उक्त घरमा छापामारी गरेको हो ।

रक्सौलका ध्रुब गुप्ता र अमरीश गुप्ताको घर र पसलमा आईतबार साँझ प्रहरीले छापामारी गरेको हो । बरामद गरिएका ९४ लाख रुपैयाँ रकम मध्ये नेपाली ६० लाख र भारतीय ३४ लाख छ । साथै रुपैयाँ गन्ने मेशिन पनि बरामद भएको भारतिय प्रहरीले जनाएको छ ।

एसएसपीको कमान्डमा रक्सौल अंचलाधिकारीको संयुक्त टोलिले छापामारी गरेको हो । सानो व्यवसाय सञ्चालन गर्ने ध्रुब गुप्ता र उनका छोरा अमरीश गुप्तासँग लाखौ रकम कसरी आयो भन्नेमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

विहारमा लोकसभाको चुनाव छ, चुनावमा बाँडने रकम हुन सक्ने भारतिय प्रहरीको पनि आशंका छ । छैंठो चरणको लोकसभाको चुनाव मे २५ तारिख अर्थात जेठ १२ गते हुँदै छ ।


सम्बन्धित समाचार