Logo

७ जेठ,वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको एक सरकारी विद्यालयमा प्रधानाध्यापकसहितका शिक्षकहरुले गुण्डागर्दी शैलीमा पत्रकारमाथि आक्रमण गरेको भिडिओ भाइरल बनेको छ ।

महानगरको वडा नम्बर ३१ स्थित लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियासहितका शिक्षकहरुले सामाग्री उत्पादनका लाथि तथ्य लिन पुगेका सञ्चारकर्मीमाथि आक्रमण गरेको भिडिओ भाइरल छ ।
विद्यालयमा आउँदा को संग ? अनुमति लिएर आएको प्रश्न गर्दै भारत विहारका शिक्षकहरुले देखाउँने शैलीमा प्रधानाध्यापक चौरसियासहितका शिक्षकहरुले ती सञ्चारकर्मीहरुमाथि हातपात तथा कुटपिट गरेको भिडिओ भाइरल छ ।

भाइरल भिडिओमा प्रधानाध्यापक चौरसियाले भनेका छन्, ‘को संग अनुमित लिएर आउनु भएको हो ? प्रधानाध्यापकसंग सोध्नु भएको छ ? यी प्रश्नहरु गरिरहँदाकै बखत अर्का एक शिक्षिका हातमा इट्टा लिएर दौड्दै आइरहेको देखिन्छ, त्यसपछि प्रधानाध्यापक र ती शिक्षिका मिलेर दुबै जनाले विद्यालय पुगेका ती सञ्चारकर्मीलाई कुटपिट गरेका छन् ।

बीरगन्ज चर्चा नामक ‘बुम’ लिएर पुगेका पत्रकारमाथि आक्रमण गरिएको भिडिओमा देखिन्छ । जे प्रश्न सोधेर पत्रकारमाथि आक्रमण गरिएको छ । तर प्रधानाध्यापक चौरसियाले भने आफूले पत्रकारमाथि हातपात वा कुटपिट नगरेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘विद्यालयमा आएका ती पत्रकारसंग सुरुमा ‘आइडी कार्ड’ मागे, तर उनी दिएनन् । त्यसपछि को संग अनुमति लिएर आउनु भयो सोधे–त्यसको पनि जवाफ दिएनन् । यहीबीचमा उसले महिला शिक्षिकाबारे अभद्र कुरा गरे, त्यहीकारण ती शिक्षिका आक्रोशित बन्दै आएको देखिन्छ । तर हातपात भएको चाँहि होइन ।’

जुनसुकै सार्वजनिक ठाउँमा गएर भिडिओ लिने वा तथ्य संकलन गर्ने नेपालको संविधानले अधिकार दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकार वा तथ्य संकलन गर्ने व्यक्तिहरुलाई केही गोप्य कागजातबाहेक अन्य सार्वजनिक ठाउँमा भइरहेको निर्माण वा सार्वजनकि चासोको विषयमा खोजविन गर्न पाउने अधिकार रहेको बताए ।

कसैले त्यसमा हस्तक्षेप गरे अधिकारको हनन गरे सरह हुने पर्साका प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । यदि त्यस्तो कसैले गरेको छ भने उजुरी परेमा त्यसलाई नियमबमोजिक कारबाही हुने सिडिओ भुसालले जनाए ।


सम्बन्धित समाचार