Logo

८ जेठ, वीरगञ्ज । बोईलर कुखुराको मासुको मुल्य वृद्धि संगै मासु खपतमा कमि आएको छ । वीरगन्ज ४२० देखि ४४० रुपैया प्रति केजीका बोईलर कुखुराको मासु विक्री भईरहेको छ । पर्साको पर्सागढी लगायत ग्रमिण भेगमा भने प्रति केजि ४८० देखि ४६० रुपैया मुल्यमा बिक्री हुँदैछ । बोईलर कुखुरा मासुको भाउ वृद्धि भएसँगै खानेको संख्यामा समेत कमि देखिन्छ ।

अहिले जिउँदो बोईलर कुखुरा ३६० देखि ३८० रुपैया होलसेल खरिद मुल्य पर्ने गरेको छ ।केही दिन पहिले बोईलर कुखुराको मासु पसलहरुमा मासु किन्नेको भिडभाड देखिन्थ्यो तर अहिले मुल्य वृद्धि संगै मासु किन्ने ग्राहकमा कमि आएको मासु व्यवसायीहरुले बताएका छन् ।

पर्सागढि नगरपालिका वडा नम्बर ३ स्थित सहनी फ्रेस हाउस सप्लायर्सका संचालक भिम सहनीका अनुसार अत्याधिक गर्मि मौसम छ, बोईलर कुखुराको उत्पादन समेत कम नै भईरहेको छ । अर्को तर्फ पर्साको खुला सिमा नाका भएर भारतिय बोईलर कुखुराको तस्करीमा कडाई भएसङ्गै अहिले बोईलर कुखुराको मासुको मुल्यले भने आकाशिएको छ ।यस कै कारण मासुको मुल्य वृद्धि भएको सहनीले बताए । उनले पहिले ७० देखि ८० केजि मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले २५ देखि ३० केजि बिक्री हुने गरेको बताए ।

बजारको माग अनुसार उत्पादन नभएपछि मूल्य बढ्न थालेको पर्सा कुखुरा व्यवसाय संघले जनाएको छ । यतिबेला गर्मीका कारण कुखुरामा विभिन्न रोग देखिन थालेको छ । कति ठाउँमा बजारमा पठाउन तयार भएका कुखुरा मर्न थालेका छन् । कुखुरा पालक किसान तथा व्यवसायीले अपेक्षा अनुसार फाइदा पाउन सजिलो नभएको भन्दै उत्पादन बढाए भाउ घट्छ, घटाए व्यवसायलाई निरन्तरता दिन गाह्रो भएको उनले बताए ।

वीरगन्ज वडा नम्बर १२ मुर्ली स्थित हस्मुदीन फ्रेस हाउसका सयमुदीन अन्सारीले भने ‘अहिले ग्राहक घटेका छन् । पहिला भन्दा दैनिक २ क्विन्टल कुखुराको मासु विक्री हुने गरेकोमा अहिले यो गर्मी मौसममा ९० किलो देखी १ क्विन्टलसम्म विक्री वितरण भइरहेको छ ।’ दुई दिन पहिला प्रति केजी ४४० देखी ४६० रुपैयामा विक्री वितरण भइरहेको कुखुराको मासु रेट अहिले २० रुपैयाले घटेको अन्सारीले बताए । अहिले प्रति केजी ४२० रुपैयामा कुखुराको तयारी मासु विक्री वितरण भइरहेको अन्सारीले बताए ।


सम्बन्धित समाचार