Logo

८ जेठ,बारा । प्रहरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश कमिटी सदस्यलाई हाजिरी जमानीमा छोडेको छ । जसपा नेपालका मधेश प्रदेश कमिटी सदस्य सोहन शर्मालाई बारा प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि सरकारी वकिल कार्यालयको राय अनुसार शर्मालाई आज छाडिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले पुष्टि गरे । उनलाई कलैयाबाट प्रहरीले गत बिहिबार पक्राउ गरेको थियो ।
लघुवित्त वितीय सस्ंथाको कार्यालयमा आक्रमण गरी कागजात जलाएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले प्रवक्ता न्यौपानेले जनाए ।

शर्मामाथि परवानीपुरस्थित एनआइसी एशिया लघुवित्त वितीय संस्थाको कार्यालयमा आक्रमण गरी कागजपत्र जलाएको आरोप छ । उनीसँगै पुगेका एक समूहले वित्तीय संस्थाले फर्जी तमसुक खडा गरी अनावश्यक दुःख दिएको आरोप लगाउँदै कागजात जलाएका प्रहरीले जनाएको छ ।

प्रवक्ता न्यौपानेका अनुसार शर्मासहित अन्यविरुद्ध उक्त लघुवित्त वितिय संस्थाले किटानी जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा ‘आपराधिक उपद्रो’ मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

घटनामा संलग्न अन्य व्यक्तिहरु भने फरार रहेको र उनीहरुविरुद्ध समेत बारा जिल्ला अदालतबाट पक्राउ पु्र्जी लिएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्याल


सम्बन्धित समाचार