Logo

१० जेठ,जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक जना युवकको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ६ मा रहेको क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक जना युवकको शव फेला परेको हो ।

कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मजदुरीको काम गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

सोही क्रसरमा काम गर्ने बाराको निजगढ नगरपालिका निवासी ४५ वर्षीय खेमकुमार मगर भने घाइते अवस्थामा भेटिएका प्रहरी बताउँछ । घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरिएको छ । घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


सम्बन्धित समाचार