Logo

११ जेठ,काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्।

उनी बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीका एसपी अजय केसीले जानकारी दिएप्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको बुझिन आएको छ। प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ।

पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए। विशेष अदालतले उनलाई ६ महिना कैदको सजाय सुनाएको थियो भने ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो।

उनी गत वर्ष निलम्बनमा परेका थिए। बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो। प्रहरीले बताए अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार