Logo

११ जेठ,सिरहा । सिरहा प्रहरीले एक जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिरहा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर १२ निवासी जगमोहन मुखियालाई पक्राउ गरेको हो । पक्राउ परेको मुखियालाई लेनदेन मुद्दामा जिल्ला अदालतबाट १ वर्ष कैद भएको थियो । सोही मुद्दामा पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख रमेश पण्डितले बताए ।

प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरी टोलीले उनको गाउँ घरबाट शुक्रबार पक्राउ गरेको हो ।


सम्बन्धित समाचार