Logo

११ जेठ, वीरगञ्ज । महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चितताको लागि वृहत भेला सम्पन्न भएको छ । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाको आज पर्सा जिल्लाको पोखरिया नगरपालिकामा वृहत भेला आयोजना गरेको हो । राज्यका हरेक निकाय र तहमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चितताको माग सहित आयोजित भेलाले चनरमा देवीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा सोशिला देवी यादव र जयलुल नेशा, सचिवमा रिना देवी, स–सचिवमा निरपती देवी र रिना देवी, कोषाध्यक्षमा ललसा देवी छन् । आजपा मधेश अध्यक्ष उमेश कुशवहाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले महिलाको हकÞ अधिकारका प्राप्तीका लागि दृढ़तापूर्वक संघर्ष गर्ने निर्णय समेत गरेको छ ।


सम्बन्धित समाचार