Logo

१२ जेठ, वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप यादवको सिधा हस्तक्षेपले बीरगन्जको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीडेन्टेण्ट (मेसु) फेरिएका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीडेन्टेण्टमा सामान्यतह २ वर्ष पाउने चलन छ । तर त्यो अवधि नपुग्दै स्वास्थ्य मन्त्री यादवको सिधा हस्तक्षेपले निमित्त मेसु चितरञ्जन साहको सरुवा गरिएको जनाइएको छ ।

उनको ठाउँमा स्वास्थ्य मन्त्रालयले डाक्टर एनामुल हकलाई नियुक्त गरेको हो । मन्त्री यादवलाई रिझाउन नसकिएपछि एकाएक मेसुबाट हटाइएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।

मेसु साहलेआफूलाई मन्त्रालयले हटाउँला भन्ने लागेको थिएन । उनले भने, ‘तर केही समय अगाडि मन्त्रीज्यूको सचिवालयमा सम्पर्क गरे, जहाँबाट जानकारी पाइयो–मसंग मन्त्रीज्यू रिसाएको कुरा । किन रिसाउनु भएको त्यो बुझ्न सकेको थिइन । त्यो बुझ्ने कोसिस गर्दै थिए, तर अचानक सरुवा भयो । अरु मलाइ थाहा भएन ।’

अस्पताल स्रोतका अनुसार साहको ठाउँमा सरुवा भएर आएका मेसु एनामुल हकको भने पहिलादेखि मन्त्री यादवसंग राम्रो हिमचिम थियो । त्यही हिमचिमका कारण स्वास्थ्यमन्त्रीको अभयदानले पुनः मेसुमा नियुक्त भएको अस्पताल स्रोत बताउँछ ।

मेसुमा सरुवा भएर आएका एनामुल हक यसअघि २०७५ सालमापनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी सम्हालेका थिए । उनी त्यो बेला करिब ११ महिना कार्यभार सम्हालेका थिए ।

करिब १६ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका साहलाई पुनः वीर अस्पतालमा काज फिर्ता गराएर मन्त्रालयले डाक्टर हकलाई मेसुको जिम्मेवारी दिएको हो ।

यो विषयमा प्रतिक्रिया लिन खोज्दा स्वास्थ्य मन्त्री यादव सम्पर्क आउन चाहेनन् । उनलाई फोन गर्दा नजिकका निखिल वर्णवालले फोन उठाए पनि कुनै ठोस जवाफ भने उनी दिएनन् ।


सम्बन्धित समाचार