Logo

१४ जेठ, वीरगञ्ज । वीरगञ्जको धार्मिक पर्यटकिय स्थल भिस्वा डाँडाको आज (सोमबार) सरसफाई गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज वडा नम्बर १५ भिष्वा स्थित भगवान बुद्धको मन्दिरसँगै र भिष्वा डाँडाको सोमबार विहान सरसफाई गरिएको हो ।

१७ औं गणतन्त्र दिवस २०८१ को अवसर पारेर जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साको संयुक्त आयोजनामा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको सहयोगमा भिष्वा डाँडाको सरसफाई गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरे,सानु बाबु अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय वीरगन्जका दिलिप कुमार सिंह, वीरगंज बौध समितीका अध्यक्ष प्रा. डा.दिपक शाक्य, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रहरी नायब उपरिक्षक देबेन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी बलका सहायक प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठ, श्री जंग वीरगंजका सेनानी भूपेन्द्र राणा भाट, अमृत खत्री, उप सेनानी दिहलीराम सापकोटा, प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द को सहाभागिता थियो ।

यसैगरी सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र कुमार साह, टेक बहादुर कार्की, ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्रका ईन्चार्ज बिबेक राउत कुर्मी, केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, उपाध्यक्ष संजय शर्मा, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी बरिष्ठ हवल्दार बिबेक, विरगंज महानगरपालिकाका सरसफाई अधिकृत सर्फूदिन् मिया, ग्रीन सिटी अध्यक्ष जय प्रकास खेतान, सदस्य रतन टेमानी, त्रिलोक चन्द दारुका, प्रहरी हवलदार प्रेम राम, प्रहरी जवान पूर्ण कुमारी श्रेष्ठ, अमर सिंह साउद लगायत सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारी, समाज सेवी, नागरिक समाज सँगै संचारकर्मीहरुको पनि सहभागिता थियो ।


सम्बन्धित समाचार