Logo

१९ जेठ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा सर्पले डस्दा एक जना महिला गम्भिर घाइते भएकी छन् । नगरपालिकाको वडा नम्बर १ मनवामा सर्पको डसाइबाट एक जना महिला गम्भिर घाइते भएकी हुन् ।

स्थानीय फुलमति चौधरी सर्पको डसाईबाट गम्भिर घाइते भएकी हुन् । हिजो राती उनलाई सर्पले डसेको उनका परिवारजन बताएका छन् । फुलमतिको वीरगञ्जको नारायणी अस्पतालमा उपचार हुँदैछ ।

उनको प्लेटलेर्टस घट्दै गएको फुलमतिका देवर शिवनारायण महतोले बताए । गर्मी बढेसँगै तराई मधेशमा सर्पको बिगबिगी पनि बढेको छ । चिकित्सकहरुले सर्पको डसाइबाट बच्नका सबैसँग अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार