Logo

२० जेठ, काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भंसार महशुल बृद्धिका विरुद्ध गहना व्यवसायीहरुले आज काठमाडौंमा प्रर्दशन गरेका छन् । सरकारले सुन आयातमा भंसार दर बढाएर अवैध कारोवारलाई प्रोत्साहन दिन खोजेको भन्दै व्यवसायीहरुले आज माइतघर मण्डलामा प्रर्दशन गरेका हुन ।

सुनमा लगाएको सिन्डिकेट खारेज गर, कोटा प्रणाली खारेज गर, सुन आयातमा लगाएको भंसार महशुल फिर्ता ले भन्ने नाराबाजी गरेका व्यवसायीले प्लेकार्ड लिएर सरकारको विरोध गरेका थिए ।

सरकारले तस्करहरुलाई फाइदा पुग्नेगरी हालै बढाएको सुन आयातको भंसार महशुल तत्काल खारेज गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । व्यवसायीको मागलाई तत्काल सम्वोधन नगरे संघर्षका कार्यक्रम घोषणा गरिने संघर्षका समितिका संयोजक विपिन रामुदामुले बताए ।

सरकारले सुन आयातमा गरेको भंसार बृद्धिको निर्णयको कारण राज्यलाई अबौं रुपियाँ राजश्व नोक्सान हुने, उपभोक्ता माथि अनावश्यक भार थुपार्दै जाने र बजारमा अवैध कारोवर बढदा बास्तवीक गहना व्यवसायी अप्ठारोमा पर्ने देखिएकोले सरकारको गलत निर्णका विरुद्ध सडक आन्दोलनमा उत्रनु परेको संयोजक विपिन रामुदामुले बताए ।

विरोध कार्यक्रमम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु, नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता, नेपाल राष्टिय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जुन विश्वकर्मा लगायत काठमाडौं उपत्यकामा रहेका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार