Logo

२३ जेठ, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो ।

योसँगै मधेसमा जसपा ६ वर्षपछि सत्ताविहीन भएको छ । सङ्घीयतापछि मधेसमा जसपा नेपालले सरकार चलाउँदै आएको थियो । यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए । त्यसपछि जसपा नेपालबाटै यादवले मधेस सरकारको नेतृत्व गरेका थिए । तर बुधबार उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो ।


सम्बन्धित समाचार