Logo

३१ जेठ, काठमाडौं । बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार राति भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरु नुवाकोट घुम्न गएको बताइएको छ ।

बुटवलनजिक पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट झण्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । उनीहरु नुवाकोेट घुम्न गएको बताइएको छ ।

दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार