Logo

१ असार,ठोरी । जुनियर तथा युवा रेडक्रस पर्साको ३७ औं जिल्ला स्तरीय गोष्ठी जगरनाथपुर गापा –१ , सण्ठीमा आजदेखि सुरु भएको छ । गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि जगरथापुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले शनिवार उद्घाटन गर्दै आफू आए देखि शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

पालिका भरीमा एउटा मात्र माध्यमिक विद्यालय रहेकोमा अहिले तीनवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको अध्यक्ष यादवले बताउनुभयो । सो अवसरमा उहाँले रेडक्रसले गरेको काममा आफ्नो पुर्ण सहयोग रहने बताउँदै रेडक्रसले बनाउन लागेको रक्त सञ्चार भवनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजना र नेपाल राष्ट्रिय मावि , सण्ठीको आतिथ्यमा सुरु भएको गोष्ठी दुई दिनसम्म सन्चालन् हुनेछ।
गोष्ठीमा युवा ÷ जुनियर रेडक्रस पर्सा शाखाका पदाधिकारी , जिल्लाका विभिन्न विद्यालयका जुनियर युवा प्रतिनिधि, शिक्षक नायक, रेडक्रस उपशाखाका प्रतिनिधिहरु सहित १ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्साका युवा रेडक्रस संयोजक विनोद गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, जगरनाथपुर गाउँपालिका उपाध्यक्ष बविता सिँह क्षेत्री, शिक्षक महासंघका अध्यक्ष तीर्थ राज यादव लगायतले मन्तब्य राख्नुभएको थियो ।कार्यक्रममा जुनियर सर्कल अभियान, ट्राफिक सचेतना, विपत , डेङ्गु लगायत विषयमा जानकारी गराइने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार