Logo

बीरगंज २२ मंसिर । पर्सा एफएम प्रा.लि.द्धारा संचालित रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको १९ औँ बार्षिकोत्सवको अवसरमा भोली मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले पत्रकार सम्मेलन गरेर रक्तदान कार्यक्रम भव्य रुपमा सफल पार्न रेडियोका श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् । रक्तदान कार्यक्रम रेडियो वीरगञ्जको परिसरमा आयोजना गर्न लागिएको कार्यकारी अध्यक्ष साहले जानकारी दिए

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले १९ औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियोका श्रोता, शुभचिन्तकहरुलाई अनुरोध गरेका हुन ।

बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताए । आम श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कार्यकारी अध्यक्ष साहले रेडियो बीरगंजसँगै संचारको क्षेत्रमा टिभी बीरगंज, रेडियो पोखरीया र मधेश प्रदेशकै प्रतिनिधित्व गर्दै मधेशदृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी दिदै रेडियो बीरगंजबाट शुरु भएको यात्रा अविराम रुपमा अहिले मधेशदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको दावी गरे ।

रेडियो वीरगञ्जले संञ्चालन गर्दै आएको सांगेतीक कार्यक्रम भने यस बर्ष स्थगित गरिएको रेडियो वीरगञ्जका समाचार प्रमुख धु्रब अधिकारीले बताए । वीरगञ्जका युवा पत्रकार नरेश सरार्फ र सप्तरीका वरिष्ठ पत्रकार एंव मधेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई को निधन भएको कारण गीतसंगीतका कारण स्थगित गरिएको अधिकारीले बताए ।

मध्य तराईको पहिलो एफएम स्टेशन पर्सा एफएम प्रा.लि.द्धारा संचालित व्यवसायीक रेडियो, रेडियो वीरगञ्ज २०६० साल मंसिर २० गते स्थापना भई मंसिर २६ देखि नियमिति प्रशारणमा गएको थियो ।


सम्बन्धित समाचार