Logo

२५ मंसिर, वीरगन्ज । कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरोक्को विजयी भएका छन् । इंग्लयाण्ड, साविक विजेता फ्रान्ससँग २–१ ले पराजित हुँदै कतारमा जारी विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

मध्यराती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अल बायत रंगशालमा त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए ।

फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।

यस्तै गएराति पौने ९ बजे भएको खेलमा पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक–शून्य गोलले हरायो ।


सम्बन्धित समाचार