Logo

१३ साउन,वीरगञ्ज । बारा प्रहरीले ७ लाख मूल्य बराबरका भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा भन्सार छलीका लत्ताकपडाहरू बरामद गरेको प्रहरीले जनाएको छ । भन्सार छली ल्याउँदै गरेको अवस्थामा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बाट लत्ताकपडाहरु नियन्त्रणमा लिईएको बारा प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले कुर्ता सुरुवालसहितका कपडाका आइटमहरु बरामद गरेको जानकारी दिएको छ । बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 


सम्बन्धित समाचार