Logo

२१ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले भन्सार छलिका समान वीरगञ्जबाट नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ ।

वीरगञ्ज १६ ईनर्वा स्थितका नाकाहरुबाट १० लाख ६३ हजार ८२३ रुपैया बराबरको कपडा, किराना सामान, मोटरपार्टस, हार्डवयर÷पलम्विङ्गको सामान र कस्मेटिक सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रहरी सीमा सुरक्षा ग्ुल्म वीरगञ्जबाट खटिएका टोलिले उक्त भन्सार छलिका सामान नियन्त्रणमा लिएको जनाइएको छ ।

नियन्त्रणमा लिइएका उक्त सामान आवश्यक कार्वाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार