Logo

२१ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले राज्यका सबै निकायमा समावेशी हुने गरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराए । सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्त्याएको उनको आरोप थियो ।

परियारले भने, ‘संविधानको मूलभूत आशय समावेशीतालाई अहिले राजनीतिक पार्टीहरूले नै लत्याइरहेका छन् । संविधान आफैँले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ । तर, राजनीतिक पार्टीहरू आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् ।

म सम्माननीय सभामुख महोदयमार्फत राजनीतिक पार्टीहरूको ध्यानाकर्षण गराउन चाहन्छु(१४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो रु संविधानअनुसार काम नगर्ने, आफू अनुकूल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशीतालाई नबुझेको कुरामा घोर भर्त्सना गर्दछ । र सरकारका सबै निकायहरूमा समावेशीतालाई प्राथमिकतामा राखेर काम गर्न ध्यानाकर्षण गराउँछ ।’

प्रमुख सचेतक परियारले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर गरे ।


सम्बन्धित समाचार