Logo

२३ साउन,वीरगञ्ज । अदालतबाट २० वर्ष कैद सजाय भएको फरार प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी करार भइ १७ वर्षदेखि फरार भएका प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्बर ९ बस्ने ६५ वर्षका रामज्ञा राय यादवलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए ।

पक्राउ परेकामाथि बलरा–१० बस्ने रामबली सिंहको हत्या गरेको आरोप छ । रिसिइबी राखेर सिंहलाई धारिलो हतियार (दबिया) को प्रयोगबाट हत्या गरेकोले जिल्ला अदालतबाट उक्त मुद्दामा दोषी ठहर गर्दै २० वर्षको कैदको सजाय सुनाइएको थियो ।

सर्लाही प्रहरीका अनुसार यादव त्यसबेला देखि फरार थिए । पक्राउ परेका यादवमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको लाई सर्लाहीको भनाइ छ ।


सम्बन्धित समाचार