Logo

५ पुष, बारा । बाराको निजगढमा तेक्वान्दो प्रशिक्षक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

तेक्वान्दो संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका निर्णायकले परिक्षा लिएका थिए । परिक्षाका सहभागीलाई संघका केन्द्रीय महासचिव गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको प्रदेश महासचिव राजकुमार लामाले जानकारी दिनुभयो ।

नेपाल तेक्वान्दो संघको आयोजना र मधेस प्रदेश समितिको संयोजनमा दोस्रो र तेस्रो डानको प्रशिक्षक परिक्षण प्रदान गरिएको थियो ।निजगढस्थित कभर्ड हलमा सम्पन्न परिक्षामा प्रदेशभरीका दुई महिलासहित २३ जनाको सहभागिता रहेको थियो परिक्षा कार्यक्रम प्रदेश अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार