Logo

६ भदौ, काठमाडौं । आज विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियमदर अनुसार मूल्य बढेको हो । जस अनुसार अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । हिजो थोरै घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा थियो ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६४ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४० रुपैयाँ २८ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो ।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १२ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ र बिक्रीदर ३५६ रुपैयाँ ५९ पैसा थियो ।

 


सम्बन्धित समाचार