Logo

११ भदौ,सेढवा । डिप्रोक्स लघुबित्त बितीय संस्था लिमिटेडको शाखा कार्यालय सेढवामा आज तोडफोड भाएको छ । दिउँसो करिब २ः१५ बजे महिलाहरुको समूहले जिराभवानी गाउँपालिका वडा नं २ सेढवा स्थित कार्यालयमा तोडफोड गरेका हुन् ।

सो समूहले कार्यालयको मुख्य गेटबाट प्रबेश गरी बिभिन्न कोठामा समेत छिरेर तोडफोड गरेका निमित्त शाखा प्रमुख प्रदीप चौधरी थारुले बताए। कार्यालयमा भएका तमसुक , भरपाई, ऋण सम्बन्धि कागजात निकालेर मूल सडकमा च्यातेर फालेका निमित प्रमुख थारुले बताए। सो महिलाहरूको हुलले आर्थिक शाखामा रहेको एउटा ल्यापट, एउटा प्रिन्टर समेत फुटाएको निमित्त प्रमुख थारुले बताए।

महिलाको समूहले कार्यालयको होडिङ्ग बोर्ड, सूचना पाटी तथा सुझाव पेटिका समेत तोडफोड गरेको थारुले बताए। उनका अनुसार कार्यालयमा अचानक तोडफोड हुन थालेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटना लगत्तै इलाका प्रहरीका कार्यालय सेढवा, पटेर्वासुगौली र सशस्त्र बोर्डर आउटपोष्ट जिराभवानीको टोली घटना स्थलमा पुगेका थिए।

सो संस्थामा तोडफोड गर्ने समूहका दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले बताए। कार्यालयमा भएका सीसी टिभी क्यामराको भिडियो फुटेजमा हेर्दा केही पुरुषको पनि सहभागिता रहेको प्रहरी निरीक्षक बुढा थापाले बताए।

सो फुटेजमा अधिकांश सहभागीहरूले माक्स लगाएको हुदा पहिचान गर्न नसकेको र घटना सुनियोजित तरिकाले गरिएको प्रहरीको अनुमान छ । सीसीटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढा थापाले बताए।


सम्बन्धित समाचार