Logo

२७ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले पासपोर्ट र भिसा बिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक बिहबिार पक्राउ परेका छन।

पक्राउ पर्नेमा बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ ठेगाना भएका २९ बर्षिय महमद सहादत हुसेन रहेका छन । प्रहरीले चाँडपर्वलाई लक्षित गरी वीरगञ्ज स्थित रहेका होटलहरूको चेकजाँच गरेको थियो ।

सो क्रममा वीरगञ्ज महानगरपालिका–१६ बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं.२०२ मा फेला पारि सोधपुछ गर्दा उनको साथमा पासपोर्ट र भिसा लगायतका कागजहरु नरहेकोले पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

पक्राउ परेका हुसेनलाई आवशयक कारवाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको उनले बताए ।


सम्बन्धित समाचार