Logo

१३ असोज,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो।

चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । गएको संसदीय निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ जितेको ७ स्थानमध्ये २ स्थान चितवन हो। चितवन(१ मा सभापति रवि लामिछाने निर्वाचित हुँदा २ बाट नेता हरि ढकाल भारी मतका साथ निर्वाचित भएका थिए।

 


सम्बन्धित समाचार