Logo

१७ असोज,काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका अनुसार बिहीबारसम्म निकालिएका ३५ यात्रुको सनाखत भएको हो ।

निकालिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए । धादिङ प्रहरीले यसअघि नै आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन भनेको थियो ।

झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भइसकेको छ । दुई दिन खोज स्थगित गरेपछि गत शुक्रबार हराएकामध्ये केही यात्रु नभेटिएपछि प्रहरीले फेरि खोजी थालेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा तीनवटा बसका ३५ यात्रुको शव निकालिएको हो ।


सम्बन्धित समाचार