Logo

११ साउन, काठमाडौं । विशेष अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम थुनामुक्त हुन पाउँ भन्दै भट्टले दिएको रिटमाथि सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासले सुनुवाइ गर्दै विशेष अदालतसँग थुनामा राख्नुको आधार र कारण खुलाइएको कैफियत प्रतिवेदन माग गरेको हो ।

सर्वोच्च अदालतले विशेष अदालतबाट गत असार ३ गते भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिँदा लिइएका आधार तथा प्रमाणको व्यहोरा स्पष्ट खुलाएर सम्बन्धित मुद्दाको सक्कल फाइल नै पेस गर्न आदेश जारी गरेको छ ।

विशेष अदालतबाट सक्कल फाइल र कैफियत प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले भट्टलाई थुनामा राख्ने वा थुनामुक्त गर्ने विषयमा थप कानुनी बहस र सुनुवाइ अघि बढाउनेछ ।


सम्बन्धित समाचार