Logo

२२ असोज,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदाको समयमा पनि खुला रहने भएको छ ।

आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाको अवधिमा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको हो ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको जनाएको छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार