Logo

३ असार,वीरगञ्ज । वीरगञ्जमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको कुशवाहा मोटर्स नयाँ स्थानमा स्थानान्तरण भई सेवा सञ्चालन सुरु गरेको छ। यसअघि त्रिमूर्ति चोकबाट बिक्री–वितरण तथा सेवा प्रदान गर्दै आएको मोटर्स अब सो स्थानबाट करिब २०० मिटर उत्तरतर्फ मुख्य सडकमा सरेको हो।

नयाँ स्थानबाट सेवा शुभारम्भको अवसरमा बुधबार विधिपूर्वक पूजा–अर्चना सम्पन्न गरिएको थियो। इलेक्ट्रिक रिक्सा तथा लोडर बिक्री गर्दै आएको कुशवाहा मोटर्सका सञ्चालक बलिराम कुशवाहाले नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गरिने बताए।

मोटर्सको नयाँ शोरुमको उद्घाटन सञ्चालकका बुवा धुरुप कुशवाहा तथा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एस.के. चौरसियाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक कुशवाहाले स्वदेशमै रोजगारी सिर्जना गर्दै युवाहरूलाई वैदेशिक पलायनबाट रोक्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले कम्पनीमार्फत बिक्री हुने इलेक्ट्रिक रिक्सा र लोडर खरिदका लागि सहज फाइनान्स सुविधा उपलब्ध रहेको जानकारी दिँदै ग्राहकलाई सेवाको लाभ लिन आग्रह गरे।

कुशवाहा मोटर्सले विगत एक दशकभन्दा बढी समयदेखि वीरगञ्ज क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बिक्री, मर्मत तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। नयाँ स्थानमा स्थानान्तरणसँगै कम्पनीले सेवा विस्तार गर्दै ग्राहकमैत्री वातावरणमा व्यवसाय सञ्चालन गर्ने जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै