Logo

२५ असोज, पर्सागढी (पर्सा) । पर्साको पर्सागढी नगरपालिका वडा न ३ बडनिहारमा विहीबार राति मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर–३ बडनिहारमा रहेको दुर्गा मन्दिरमा भजन किर्तन गरि घर फर्किदै गरेका बडनिहार निवासी बर्ष ६० का भबीछण महतोलाई मोटरसाईकलले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी घर फर्कैदै गरेका पर्सागढी नगरपालिका वडा नम्बर–२ गोडपसरा निवासी चालक बर्ष ३४ को सुनिल महतोले चलाएको मोटरसाईकल ना १५ प ५७६८ नम्बरको मोटरसाईकलले पछाडिबाट ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

महतोको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाईकल चालक सुनिल महतो र उनका पछाडि बसेका बर्ष २८ का प्रदुमन चौधरीलाई बडनिहार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्वाहिको लागि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाईएको छ ।

शवको पोस्टर्माटमको लागि गएराती नै बिरगंज पठाईएको बडनिहार प्रहरी चौकीको ईन्चार्ज सन्जय रामले जनाएका छन् ।


सम्बन्धित समाचार