Logo

२६ असोज,वीरगञ्ज । वीरगञ्ज समाज सेवाको आयोजनामा २५ औ हप्ता निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रत्येक शनिबार बिहान १० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएको समाजले आज पनी निशुल्क भोजन गराएको छ ।

नारायणी अस्पतालका बिरामीहरु, कुरुवाहरु लगायत गरिब, असहायहरुलाई सहजताका लागि हरेक सप्ताहको शनिबार बिहानको खाना खुवाउने गरेको बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले बताए ।
शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल, भात, तरकारी, अचार ४५० देखि ५०० जनालाई हरेक हप्ता खुवाउने गरेको बिरगंज समाज सेवाका सचिव प्रकाश बहितिले बताए ।

सेवा नै धर्म हो भन्ने भावनाले सेवा शुरु गरिएको बताउदै समाजले गरिब, दिन दुःखि, असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि नभएको बताएका छन् ।

आफ्नो लागि मात्र बाचिरहेका मानव प्राणीहरुले अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ साथीहरु मिलेर आफ्नो निजि खर्चबाट संचालन खाना खुवाउने कार्यक्रम सञ्चालन गरेको अध्यक्ष अशोक गुप्ताले बताए ।

सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गर्न, मनकारि दाताहरुलाई आफ्नो तन, मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह गर्दै अरु शाखा खोलेर सेवा गर्ने समेत समाजले बताएको छ । आजको नि–शुल्क भोजन कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा समाजसेवीहरुको पनि सहभागिता रहेको थियो ।

 


सम्बन्धित समाचार