Logo

३ कात्तिक,काठमाडौँ । सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नु प्रतिशोध र निषेधको राजनीति भएको टिप्पणी गरेका छन् ।

सहकारीको बचत अपचलन मुद्दामा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने शुक्रबार पक्राउ परेपछि अध्यक्ष राउतले सामाजिक संजालमा सो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन् ‘‘२१ सीट भएको नयाँ र राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ,’ यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।”

‘हाम्रो धरातल र कैयन एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं । तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ । आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछु उनले भनेका छन् । ‘

 


सम्बन्धित समाचार