Logo

१६ कात्तिक,वीरगञ्ज । यसबर्ष लक्ष्मी पूजामा केराको थाम र फूलको व्यापारमा पनि कमी आएको छ । कोरोना महामारी र राजनीतिक अस्थिरताले थलिएको अर्थतन्त्रको प्रभाव अझैपनि स्थानीय व्यापारमा समेत परेको छ । विगतका बर्षहरुमा भन्दा नेपालमा मनाईने दोश्रो ठूलो पर्व तिहारमा पनि ब्यापारमा कमी आएको हो ।

बिहीबार परेको लक्ष्मी पूजाको बिहानैदेखि केराको थाम र फूल बिक्रीका लागि वीरगन्ज बजारमा भीड देखिने गरेको भएपनि यसबर्ष पूmल र केराको थाम बिक्रीमा पनि कमी आएको व्यापारीहरुले बताएका छन् । स्थानीय उत्पादनको बिक्रीमा पनि कमी आउनुले अझैपनि मुलुकको आन्तरिक क्षेत्रमा सुधार नभएको देखिन्छ ।

बिहीबार वीरगन्जमा बिक्रीका लागि आएका फलफुल ब्यापारी महम्मद सकिम पालुङबाट फुल ल्याएर प्रति मुठ्ठा ५० देखि १०० रुपियामा विकी गरेका थिए । उनका अनुसार यसबर्ष खासै विकी भएको छैन । प्रत्येक वर्ष फूलको ब्यापार गर्ने गरेका सकिम गतवर्षको तुलनामा यो वर्ष ब्यापार कम भएको बताए । उनले भने, ‘अहिले सम्म आधा पनि विक्री भएको छैन नाफा नोक्शान त पछि थाहा हुन्छ अहिले त गल्ला पनि निस्केको छैन ।’

बारा जितपुरका राजीव कुमार चौधरीलाई भने यसबर्ष राम्रो बिक्री भएको लागेको छ । उनी भन्छन्, ‘१५० रुपियामा दूई मुठ्ठा बेच्नुप¥यो । यसवर्ष राम्रो ब्यापार भएको छ गत सालको तुलनामा यस वर्ष राम्रो फूलको विक्री भएको छ । म फूल हैटौंडाबाट ल्याएको छु ।’

पहिलो पटक वीरगंजको बजारमा केराको थाम लिएर आएका रौतहट जिल्ला लक्ष्मीपुरका नाजीर मियाँले केरा ब्यापार कूल १२ हजार रुपैंया कमाएका छन । एकसय रुपिया जोडा केराको बोट विक्री गरेका नाजीरको भने घाटा पनि भएन नाफा पनि भएन । उनले भने, ‘ठिकै व्यापार भएको छ । मै केराको बोट किनेर ल्याएको छु धैरै खराब भयो ।

जुतन सहनी गौरबाट लिएका आएका थिए । केराको बोट प्रतिजोडा २००, १५०, १०० सम्म बेचेका उनी पनि पहिलो वीरगन्जमा ब्यापार गर्न आएका हुन् । उनी भन्छन्, ‘राम्रो ब्यापार भएको छ । २ ओटा टेक्टरमा केराको बोट थियो पुरै विक्री भएको छ ।’ उनी सदाबहार केराको नै ब्यापार गर्दै आएका बताए ।


सम्बन्धित समाचार