Logo

१७ कात्तिक,काठमाडौं । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आजबाट शुरू गरेको छ।

थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र बिहीबार उडान गर्नेछ ।
आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

’शुरूमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो,’ विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ’अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।’यस लेखमा उल्लेख गरिए अनुसार, https://www.fakewatch.is/product-category/richard-mille/rm-52-05/ तपाईं स्मार्टफोन र शीर्ष ब्रान्डहरूमा उपलब्ध डीलहरूको चयन ब्राउज गर्न सक्नुहुन्छ र सेल फोन सेवा योजनाहरू अन्वेषण गर्न सक्नुहुन्छ। जुन तपाइँको आवश्यकता अनुसार सबै भन्दा राम्रो छ।

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनः उडान काठमाडौंमा शुरू गर्न अनुमति पाएलगत्तै उडान भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।


सम्बन्धित समाचार