Logo

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।

काठमाडौँको हेलिस हस्पिटलमा उपचारका क्रममा मङ्गलबार श्रेष्ठको निधन भएपछि साउन १३ गते बुधबार बिहान साढे ८ बजेका लागि सो बैठक बोलाइएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार आकस्मिक बैठकले दिवङ्गत नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै औपचारिक शोक प्रस्ताव पारित गर्नेछ।

विज्ञप्ति अनुसार दिवङ्गत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९स्०० बजेदेखि ११स्०० बजेसम्म सानेपास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा राखिनेछ ।

पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरिसकेपछि सोही दिन अन्तिम संस्कारका लागि उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले श्रेष्ठको निधनबाट पार्टी र देशको समग्र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै