Logo

२० कार्तिक, काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख सहित पदाधिकारीमा तीनजनाको नाम सिफारिस गरेको छ । आयोगको प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरे नेतृत्व छनौट समितिको सोमबारको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य हुन्छन् । सिफारिस समितिले नाम सञ्चार मन्त्रालय पठाएको छ । अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको नियुक्ति हुनेछ ।

आचार्य पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । विष्ट प्रेस चौचारीका पूर्व अध्यक्ष र हाल एमालेको प्रचार विभाग सचिव हुन् । वकालत पृष्ठभूमिकी भण्डारी यसअघि प्रेस काउन्सिलकी सदस्य थिइन् ।


सम्बन्धित समाचार