६ मंसिर, काठमाडौँ । पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर ढुंगाना प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । हो ।
लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो ।