६ मंसिर,वीरगञ्ज । अगामी मड्सिर २१ गते जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सवलाई ब्यवस्थित बनाउन बैठक सम्पन्न भएको छ ।महोत्सव ब्यवस्थित बनाउन प्रभावकारी र सुविधाजनक बनाउन अयोध्याबाट आउने जन्ती तथा मेला भर्न आउनेहरूको वास, शौचालय, खानेपानी लगायतका बिषयमा बैठकमा छलफल भएको थियो ।
सुविधाजनक बनाउन अयोध्याबाट आउने जन्ती तथा मेला भर्न आउनेहरूको वास, शौचालय, खानेपानी लगायतका अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयन आदिका विषयमा पनि छलफल गरिएको थियो ।
बैठकमा मधेस सरकारका मुख्यमन्त्री सतिस सिंह प्रदेशका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । बैठकमा महोत्सव व्यवस्थापनमा जरूरी कामका लागि प्रदेशका सम्बन्धित मन्त्रालयहरूलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन समेत दिइएको थियो ।